चन्दनकुमार यादब
राजबिराज, २४ कार्तिक । सप्तरी जिल्ला अदालतवाट कैद सजाय ताेकी फरार रहेकाहरूकाे सुचि लामै छ।
शनिवार सप्तरी प्रहरीले आफनाे १ महिने कार्य सम्पादन प्रगती बिवरण सार्वजनिक गर्दै यस्ताै जानकारी गराएकाे छ।
प्रहरीकाे अनुसार बिभिन्न अपराधमा संलग्न भई अनुसन्धान तथा अदालतकाे फैसलाकाे क्रममा फरार भएका प्रतिवादीहरूकाे संंख्या झन्डै ४ हजारकाे हराहरीमा रहेकाे छ।
जस मध्ये चालू अाव ८१/८२ मा ७३ जना पक्राउ परेका छन।
पक्राउ परेका मध्ये ६६ जना ३० दिन भित्र पक्राउ परेकाे पत्रकार सम्मेलनमा प्रहरी उपरिक्षक ढकेन्द्र खतिवडाले जानकारी दिए।
फरारकाे सुचीमा रहेका कतिपयकाे निधन भईसकेकाे, कति भागेर बिदेशमा लुकेकाे र कति पय गाउँ घरमै लुकी बसेकाे भन्ने जानकारी प्राप्त भएकाेले साेही अनुसार खाेजी कार्य ब्याप बनाईएकाे बताए।
पत्रकार सम्मेलनमा प्रहरी उपरिक्षकले भने म अाए यता ३० दिनकाे अबधीमा भन्सार छलेर ल्याईएका ४६ लाख ६९ हजार ६ सय ३५ रूपैयाकाे बिभिन्न समान जपत गरेकाे समेत उनले जानकारी दिए।
साे क्रममा चाेरी तस्करीकाे क्रममा प्रयाेग गरिएकाे ७ वटा माेटरसाईकल र १/१ थान कार र सिटी रिक्सा सहित १० जना मानिस समेत पक्राउ गरिएकाे उनले बताए ।
प्रहरीले पछिल्लो एक महिनामा ७३ जना फरार प्रतिवादीहरुलाई पक्राउ गरेको छ । छठसम्मको चाडवाडमा ७ सय ४१ जना प्रहरी जनशक्ती परिचालन गरिएको र प्रहरी निरिक्षक हरुको नेतृत्वमा सुरक्षाकर्मी परिचालित गरिएको खतिवडाले बताए ।