२०८३ साल ब‌ैशाख ४ गते शुक्रबार

राजबिराजका मेयर यादवले दिए राजिनामा

राजविराज, ९ वैशाख। सप्तरीको राजबिराज नगरपालिकाका मेयर शम्भुप्रसाद यादवले शुक्रबार राजीनामा दिएका छन् ।

यहीँ वैशाख ३० मा हुन लागेकाे स्थानीय तह निर्वाचनमा पुनः उम्मेदवारी दिन यादवले राजिनामा दिएका हुन ।

बहालवाला जनप्रतिनिधिहरुले फेरि उम्मेदवार बन्नका लागि राजीनामा दिनैपर्ने बाध्यात्मक व्यवस्थाअनुसार उनले  पदबाट राजीनामा दिएका हुन् ।

तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा)बाट मेयर पदमा निर्वाचित भएका यादव हाल जनता समाजवादी पार्टी (जसपा) नेपालकाे राजविराज नगरपालिकाका वरिष्ठ उपाध्यक्ष हुन् ।

प्रतिक्रिया