काठमाडौं, १० जेठ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को सचिवालयको आठौं बैठक सुरु भएको छ। बैठक अध्यक्ष केपी शर्मा ओली निवास गुण्डुमा जारी रहेको हो।
बैठकमा सचिवालय सदस्यहरूले आफ्नो धारणा राख्ने क्रम जारी रहेको जनाइएको छ। आजको बैठकमा सचिवहरू शेरधन राई, भानुभक्त ढकाल, यामलाल कँडेल तथा खगराज अधिकारी ले धारणा राख्न बाँकी रहेको बताइएको छ।
१९ सदस्यीय सचिवालय बैठकले अध्यक्ष ओलीले प्रस्ताव गरेको कार्यविभाजनलाई संशोधनसहित अन्तिम रूप दिने तयारी गरेको एमाले नेताहरूले बताएका छन्।
त्यसैगरी बैठकमा पछिल्लो निर्वाचनको समीक्षा, संविधान संशोधनका लागि कार्यदल गठन तथा केन्द्रीय कमिटी बैठक आह्वान गर्ने विषयमा समेत छलफल भइरहेको जनाइएको छ।